काठमाडौँ । नागढुंगा सुरुङमार्ग सञ्चालनसँगै प्रयोगकर्ताले आजदेखि टोल शुल्क बुझाउनुपर्ने भएको छ। सडक बोर्ड नेपालको कार्यकारी समितिको निर्णय तथा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि शुल्क लागू गरिएको हो।
नयाँ व्यवस्थाअनुसार काठमाडौं प्रवेश गर्ने कार, भ्यान, पिकअप, ट्र्याक्टर तथा माइक्रोबसले ६५ रुपैयाँ र काठमाडौं बाहिरिनेले ६० रुपैयाँ तिर्नुपर्नेछ।
मिनी बस तथा मिनी टिपर/ट्रकलाई ११५ र ८० रुपैयाँ, बस तथा सिंगल रियर एक्सल ट्रकलाई २६० र २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। यस्तै, मल्टी एक्सल ट्रक तथा भारी उपकरणले प्रवेश गर्दा ६०० र बाहिरिँदा २५० रुपैयाँ बुझाउनुपर्नेछ।

