सरकारलाई खबरदारी गर्ने तयारीमा कांग्रेस, आज विशेष बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पछिल्ला राजनीतिक तथा समसामयिक घटनाक्रमबारे छलफल गर्न आज विशेष बैठक बोलाएको छ। दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकले सरकारको ध्यानाकर्षण गराउने विषयमा निर्णय गर्नेछ।

बैठकमा सभापति गगन थापा, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति तथा महामन्त्रीहरू सहभागी हुनेछन्।

विशेष बैठकलगत्तै सभापति थापाले पार्टीको धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ, जसमा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरू सहभागी हुने बताइएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको