एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै, खेल साँझ ५ बजे

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स आमनेसामने हुँदैछन्। त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।

जनकपुरले यसअघि खेलेका दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ। उसले कर्णाली याक्ससँग १९ रनको हार व्यहोरे पनि काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा पुनरागमन गरेको थियो।

पोखरा भने पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो। आजको खेलमा दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रनेछन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको