एमाले स्थायी कमिटी बैठक आज बस्दै, राष्ट्रिय भेलाको तयारी मुख्य एजेन्डा

काठमाडाैँ । नेकपा (एमाले) स्थायी कमिटीको दोस्रो बैठक आज (मंसिर १ गते) बस्ने भएको छ। भोलिदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाको पूर्वसन्ध्यामा पार्टीले बैठक बोलाएको हो।

पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।

बैठकमा राष्ट्रिय कार्यकर्ता भेलाका एजेन्डा अनुमोदन, मंसिर ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा चयन तथा समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा तय गर्ने कार्यक्रम रहेको आचार्यले जानकारी दिएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको