काठमाडाैँ । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षाका लागि आवेदन खुलाएको छ।
आयोगले मंगलबार सूचना जारी गर्दै न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारका लागि मंसिर ७ गतेदेखि अनलाइन दरखास्त आह्वान गरेको हो।
आयोगका अनुसार उम्मेदवारले पुस ७ गते राति १२ बजेसम्म एकल दस्तुरमा आवेदन दिन सक्नेछन्। उक्त अवधिमा आवेदन दिन नसक्नेले दोब्बर दस्तुर तिरेर पुस १४ गते राति १२ बजेसम्म दरखास्त पेस गर्न सक्नेछन्।


