खैरो हेरोइनजस्तो पदार्थसहित भारतीय परिवारका तीन सदस्य पक्राउ

मोरङ । मोरङको रंगेली नगरपालिका–४ चोप्राहा बोर्डरबाट २९ ग्राम ४८० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको बिहारस्थित अररिया जिल्लाका ४५ वर्षीय रघुनाथ पासवान, उनकी ४० वर्षीया श्रीमती सकुन्तला पासवान र १८ वर्षीय छोरा करण पासवान रहेका छन्।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई चेकजाँच गर्ने क्रममा सकुन्तलाको हातमा रहेको कालो प्लास्टिकभित्र लुकाइएको अवस्थामा उक्त पदार्थ फेला पारेको हो।

तीनै जनालाई बरामद पदार्थसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको