काठमाडौं । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८३ को अवसरमा यस वर्षका उत्कृष्ट २० करदाताको नाम घोषणा गरेको छ।
विभागले मंगलबार आयोजित कर दिवस समारोहमा विभिन्न विषयगत क्षेत्रतर्फ सबैभन्दा बढी कर दाखिला गर्ने उत्कृष्ट करदाताहरूको विवरण सार्वजनिक गरेको हो।
सार्वजनिक विवरणअनुसार संस्थागततर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा सूर्य नेपाल परेको छ भने व्यक्तिगत आयतर्फ राजबहादुर शाह उत्कृष्ट करदाता घोषित हुनुभएको छ।
उत्कृष्ट २० करदाताको नामावली:
१. निकायमध्ये सबैभन्दा धेरै आयकर दाखिला : सूर्य नेपाल
२. एकलौटी व्यवसायतर्फ : थर्ड आई इन्टरनेशनल
३. वस्तु निर्यातको कारोबारमध्ये : डाबर नेपाल प्रालि
४. सूचना प्रविधितर्फ : तिन फाइनाइट सर्भिसेस नेपाल
५. कृषि एवं व्यवसायतर्फ : ओसीबी फुड्स एण्ड फिड्स
६. बैंकिङ क्षेत्रमा : नबिल बैंक
७. स्वास्थ्य तथा शैक्षिक संस्था : नोबेल कलेज तथा टिचिङ हस्पिटल
८. पर्यटन व्यवसायमध्ये : सोल्टी होटल लिमिटेड
९. वस्तु व्यापारको कारोबार : सीजी इम्पेक्स प्रालि
१०. ५०–१०० करोडसम्मको कारोबारमध्ये : फुड एण्ड वेभरेज रिसर्च सेन्टर प्रालि
११. ऊर्जामूलक कम्पनीतर्फ : भोटेकोशी पावर प्रालि
१२. रेमिट्यान्स तथा मनि एक्स्चेञ्ज : आईएमई लिमिटेड
१३. व्यक्तिगत आयतर्फ : राजबहादुर शाह
१४. मूल्य अभिवृद्धि करमध्ये सबैभन्दा धेरै : हिमालयन डिस्टिलरी लिमिटेड
१५. ५० करोडसम्म कारोबार गर्नेमध्ये : इम्पेरियल सेक्युरिटिज प्रालि
१६. विशेष उद्योगमध्ये : वरुण वेभरेज नेपाल प्रालि
१७. जीवन बीमातर्फ : लाईफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड
१८. निर्जीवन बीमातर्फ : सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
१९. लघुवित्तमध्ये : छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड
२०. प्रतिकूल व्यावसायिक अवस्थाका बाबजुद धेरै कर तिर्ने एक्सेप्सनल बिजनेस : भाटभटेनी सुपरमार्केट

