सुमो दुर्घटना हुँदा ३को मृत्यु ७ धाईते

हेटौँडा । हेटौडाबाट काठमाण्डौका लागि छुटेको यात्रुवाहक सुमो सडकबाट राप्ती खोलामा खस्दा तिन जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् ।
प्राप्त प्रारम्भिक विवरणअनुसार बिहीबार बिहान करिब ८ः३० बजे काठमाडौंका लागि छुटेको ना १ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथको भिमफेदिमा सडकखण्डबाट अनियन्त्रित भई राप्ती खोलामा खसेको थियो ।
सुमोमा चालकसहित १० जना यात्रु सवार रहेको बताइएको छ । दुर्घटनामा तिन जनाको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ भने सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिनुभएको छ् ।
घटनापछि उद्धार गरिएका घाइते तथा मृतकलाई उपचार र आवश्यक प्रक्रियाका लागि हेटौँडा अस्पताल पु¥याइएको छ ।
दुर्घटना हुनुको कारण र मृतक तथा घाइतेहरूको विस्तृत परिचय खुल्न बाँकी रहेको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको