काठमाडौं । नेकपा एमालेको दुईदिने राष्ट्रिय भेला २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै बिहीबार सम्पन्न भएको छ ।
बुधबारदेखि सुरु भएको भेलामा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी तथा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’ र विष्णुप्रसाद पौडेलले विभिन्न कार्यपत्र प्रस्तुत गरेका थिए ।
करिब ३ हजार ४१४ प्रतिनिधि सहभागी भेलाले आगामी निर्वाचनमा एकताबद्ध भएर अघि बढ्ने र सरकारका स्वेच्छाचारी गतिविधिविरुद्ध आन्दोलनका लागि तयार रहने संकल्प गरेको छ ।
पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले प्रस्तुत गरेको २१ बुँदे प्रस्ताव भेलाले अनुमोदन गरेको हो ।

