काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहीबार सामान्य अंकले बढेको छ। यस दिन नेप्से ३.६२ अंकले वृद्धि हुँदै २६२८.६७ विन्दुमा पुगेको हो।
बिहीबार बजारमा कुल ३ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारमा आएका ३४७ कम्पनीमध्ये १३८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको मूल्य घटेको छ। त्यस्तै, १० कम्पनीको मूल्य स्थिर रहेको छ।

