काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले देशको आर्थिक समृद्धिका लागि निजी क्षेत्रलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।
लायन्स क्लब अफ पोखराको ५०औँ स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै उनले निजी क्षेत्र बलियो नभएसम्म देश धनी बन्न नसक्ने र रोजगारीका पर्याप्त अवसर सिर्जना नहुने बताए।
आफैँ रोजगारी सिर्जना गर्न नसकेसम्म युवालाई विदेश जानबाट रोक्न नसकिने उनको भनाइ थियो। उनले भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक समृद्धिको साझा लक्ष्य पूरा गर्न सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए।

