बहुमतको दाबी नपरेपछि मधेशमा जसपाका सरोज यादव मुख्यमन्त्री नियुक्त

काठमाडौँ । मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नयाँ मुख्यमन्त्री बनेका छन्।

प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको हो।

प्रदेश प्रमुखले यसअघि दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न समय दिएका थिए। तर, निर्धारित समयभित्र कुनै पनि दलबाट दाबी नपरेपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल जसपा नेपालका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको