एनपीएलको अनलाइन बेटिङमा संलग्न रहेको आरोपमा पाँच जना प्रहरी नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) लाई आधार बनाएर अनलाइन बेटिङ अर्थात् सट्टेबाजी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।

दाङको लमही नगरपालिका–५ रातोडाँडास्थित जस्मिन होटल एण्ड लजमा सट्टेबाजीको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीले घटनास्थलबाट दुई थान डेस्कटप कम्प्युटर, तीन थान ल्यापटप र १३ थान मोबाइल फोन बरामद गरेको छ। पक्राउ पर्नेमा एक नेपाली र चार भारतीय नागरिक रहेका छन्।

उनीहरूलाई बरामद गरिएका विद्युतीय उपकरणसहित थप अनुसन्धान र आवश्यक कानुनी प्रक्रियाका लागि वडा प्रहरी कार्यालय लमहीमा राखिएको नेपाल प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको