नेपाल–जापान सम्बन्ध थप सुदृढ बनाउने विषयमा राष्ट्रपति पौडेल र जापानी उपमन्त्रीबीच छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी काजुहिरोसँग भेटवार्ता गरेका छन्।

शनिबार शीतल निवासमा भएको भेटका क्रममा दुवै पक्षबीच नेपाल र जापानको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित तथा साझा चासोका विषयमा सौहार्दपूर्ण छलफल भएको थियो।

राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार भेटमा दुई देशबीच रहिआएको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउने र सहकार्यका विविध क्षेत्रलाई अघि बढाउने विषयमा समेत कुराकानी भएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको