‘अन्याय सहेर चुप बस्दैनौँ, राक्षसीराजविरुद्ध आन्दोलनमा उत्रिन्छौँ’ : ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अन्यायपूर्ण ढङ्गले नेताहरूलाई पक्राउ गर्ने र हिरासतमा राख्ने काम स्वीकार्य नहुने बताएका छन्।

नेसनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आफूलाई बिनाकारण १३ दिनसम्म हिरासतमा राखिएको उल्लेख गर्दै वर्तमान अवस्थालाई ‘राक्षसीराज’ को संज्ञा दिएका हुन्।

ओलीले नेसनल भोलेन्टियर्स फोर्स शान्तिपूर्ण रूपमा परिवर्तनका लागि काम गर्ने सङ्गठन भएको बताउँदै आवश्यक परे अन्यायविरुद्ध आवाज उठाउन पछि नहट्ने स्पष्ट पारे।

राक्षसीराज कायम रहे नेपाली जनता, युवा तथा नेसनल युथ फोर्स चुप लागेर नबस्ने र आन्दोलनमा उत्रिने चेतावनी पनि उनले दिएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको