मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह भारत जाँदै, सोमबार उच्चस्तरीय भेटवार्ता हुने

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको औपचारिक भ्रमणमा प्रस्थान गर्नुहुने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उहाँ दुई दिने भ्रमणका लागि नयाँ दिल्ली जान लाग्नुभएको हो।

नेपाल एयरलाइन्सको नियमित उडानमार्फत दिउँसो १ः४५ बजे प्रस्थान गर्ने प्रधानमन्त्री शाह ३ः४५ बजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुहुनेछ। उहाँलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा आइतबार साँझ भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग शिष्टाचार भेटवार्ता हुनेछ। त्यसैगरी, नेपाल र भारतका व्यवसायीबीच व्यावसायिक सहकार्य तथा सहयोग आदानप्रदानसम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिनेछ।

सोमबार प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुनेछ। साथै, राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि छुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको