मधेशका मुख्यमन्त्री यादवले बिहान १० बजे शपथ लिने

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ। उहाँले बिहान १० बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ लिन लाग्नुभएको हो।

प्रदेश प्रमुखको कार्यालयले दिएको जानकारीअनुसार प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले यादवलाई शपथ गराउनुहुनेछ।

जसपा नेपालका संसदीय दलका नेता यादवलाई शनिबार संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त गरिएको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको