वृद्धाश्रम तथा लक्ष्मीनारायण पिठौलीको सहयोगार्थ भजन किर्तनको कार्यक्रम सम्पन्न

नवलपरासी / सामाजिक एकता समृद्ध समाज भन्ने मूल नारालाई आत्मसाथ गर्दै हरिबोधिनी एकादशीको पावन अवसरमा वृद्धाश्रम तथा लक्ष्मीनारायण पिठौलीको सहयोगार्थ भजन किर्तनको आयोजना गरिएको छ।
स्याङ्जा नवलपरासी सम्पर्क समाज कावासोती नगरपालिकाद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै कावासोती नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ध्रुव खनालले धार्मिक कार्यक्रम भनेको समाजलाई एक ढिक्का बनाउने माध्यम हो यसले यसले भाइचाराको मद्दत गर्छ। यस्ता कार्यहरू हाम्रो समाजमा भइरहनुपर्छ। यो कार्यक्रमले हामीलाई एउटा जमघट गर्ने बाटो बनाएको छ। म भोलि पदमा रहे नरहे पनि धार्मिक कार्यहरुलाई सदैव सहयोग गर्दै जानेछु। उहाँले भन्नुभयो।
बिहान शुभारम्भ भएको कार्यक्रममा स्याङ्जा नवलपरासी सम्पर्क समाज प्रतिष्ठानका अध्यक्ष देवराज भट्टराई लगायतले आफ्नो धारणा राख्नुभएको थियो उक्त भजन किर्तन कार्यक्रमको संयोजन नगर सह सचिव ईश्वरीप्रसाद बस्ताकोटीले गर्नुभएको थियो। उक्त कार्यक्रममा जिल्ला सचिव चुडामणि कँडेल नगर सचिव तुलसीदेवी खनाल लगायतको उल्लेख्य भूमिका रहेको थियो।
उक्त धार्मिक कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापकहरू स्थानीय क्लबका पदाधिकारी पिठौली चौर संरक्षक समितिका पदाधिकारीहरू स्थानीय भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो दिनभर चलेको उक्त भजन किर्तन कार्यक्रमबाट ४८ हजार रकम संकलित भएको थियो। नगर अध्यक्ष बिन्दु भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो भने संकलित रकम लक्ष्मीनारायण मन्दिर वृद्धाश्रमलाई हस्तान्तरण गरिएको हाम्रा संवाददाता तुलसी देवी अर्याल खनालले जानकारी दिनुभयो

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको