काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले र संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री एस पउल कपुरबीच सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ।
भेटमा द्विपक्षीय हित, लगानी प्रवर्द्धन तथा आर्थिक साझेदारीका विषयमा छलफल भएको बताइएको छ।
छलफलका क्रममा अर्थमन्त्री वाग्लेले अमेरिकी लगानीकर्ताको लगानी सुरक्षित गर्ने र लगानीमैत्री वातावरण बनाउन कानुनी सुधार अघि बढाइरहेको जानकारी दिएका थिए।
त्यसैगरी, सहायक विदेशमन्त्री कपुरले अमेरिकी सरकारले नेपालको सुधार प्रयासलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै अमेरिकी अन्तर्राष्ट्रिय विकास तथा वित्तीय सहकार्यका माध्यमबाट दुवै देशले लाभ लिन सक्ने धारणा व्यक्त गरेका छन्।

