काठमाडौँमा २४ घण्टामा ३,५०१ सवारी चालक कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभर ३,५०१ सवारी चालकलाई विभिन्न ट्राफिक उल्लङ्घनका आधारमा कारबाही गरेको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) का ७७, अवस्था ठिक नभएका ६९, रातो बत्ती उल्लङ्घन गर्ने १५८, तीव्र गतिमा चलाउने ८९, लेन उल्लङ्घन गर्ने १७२, ढोका खुल्ला राख्ने ५७, ‘नो हर्न’ उल्लङ्घन गर्ने ७७, ओराल्ने–चढाउने सम्बन्धी ५५ र अन्य विभिन्न कसुरमा २,७४७ जना चालक कारबाहीमा परेका हुन्।

यी कारबाहीबाट कुल रु २५ लाख १५ हजार ५०१ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको