काठमाडौं । दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा यूएईले नेपाललाई १२९ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनायो।
यूएईका लागि अक्षदीप नाथले ५३ रनको अर्धशतकीय इनिङ खेले भने मोहम्मद अरफानले ३२ रन जोडे। ४८ रनमा ६ विकेट गुमाएर संकटमा परेको यूएईको इनिङ नाथ र अरफानबीच सातौं विकेटका लागि भएको ६४ रनको साझेदारीले उकासेको थियो। कप्तान मोहम्मद वासिम शून्य रनमै आउट भए भने अन्य ब्याटरहरू सानो स्कोरमै सीमित रहे।
नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने हेमन्त धामीले २ तथा नन्दन यादव र शाहव आलमले १–१ विकेट हात पारे। पहिलो खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको थियो।

