काठमाडौँ । नेपाली बजारमा साेमबार सुनको मूल्य बढेकाे छ ।
आज ७ सय रुपैयाँले बढेर २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने घटेकाे छ । २० रूपैयाँले घटेर आज ३ हजार ५८५ रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला ३ हजार ६०५ रुपैयाँ कायम भएको थियो ।

December 8, 2025, Jyotishsanchar press

