सुनकाे मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । नेपाली बजारमा आज सुनकाे मूल्यले नयाँ रेकर्ड राखेकाे छ ।

प्रतिताेला आज २ हजार २०० ले बढ्दै सुन आज २ लाख ५८ हजार ८०० मा काराेबार भइरहेकाे न्पाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यस अघि गत असाेज ३० गते सुनकाे मूल्य २ लाख ५८ हजार पुगेकाे थियाे ।

यस्तै आज चाँदीकाे मूल्यमा भने गिरावट आएकाे छ । चाँदी आज प्रतिताेला ८० रुपैंयाँले घटेर ३ हजार ८२५ रुपैंयाँमा काराेबार भइरहेकाे छ।

Gold

December 14, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको