पेट्रोलकाे भाउ बढ्याे, डिजेल र मट्टितेलकाे घट्याे

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार जारी गरेकाे प्रेस विज्ञप्तिमा पेट्रोलियम पदार्थको मूल्य हेरफेर भएकाे जनाएकाे छ ।

जसअनुसार पेट्रोलको मूल्य २ रुपैयाँले बढाइएको छ भने डिजेल/मट्टितेलको मूल्य ४ रुपैयाँले घटाइएको छ ।

“निगम सञ्चालक समितिको मिति २०८२/०८/२९ को निर्णयानुसार १६ डिसेम्बर, २०२५ (मिति २०८२/०९/०१ को बिहानदेखि लागु हुनेगरी साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर डिजेल/मट्टितेलमा प्रतिलिटर रु ४ ले घटाइएको तथा पेट्रोलमा प्रतिलिटर रु २ ले बढाइएको छ,” निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Nigam Oil

December 15, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको