सुनको मूल्य आज १ हजार ७०० ले घट्याे

काठमाडौं । नेपाली बजारमा आज सुनकाे मूल्य घटेकाे छ । साेमबार नयाँ रेकर्ड राखेकाे सुनकाे मूल्य आज प्रतिताेला १ हजार ७०० ले घटेको हाे।‌

याे हप्ता आइतबार २ हजार २०० ले बढेको थियो । साेमबार भने एक हजार ९०० ले बढेकाे थियाे । यससँगै आज सुन २ लाख ५९ हजारमा काराेबार भइरहेकाे न्पाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै आज चाँदीकाे मूल्य भने बढेको छ । चाँदी आज प्रतिताेला १५ रुपैंयाँले बढेर ३ हजार ८८५ रुपैंयाँमा काराेबार भइरहेकाे छ।

Gold

December 16, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको