सुनको मूल्यमा आज ७०० काे बृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनकाे मूल्य बढेकाे छ । साेमबार नयाँ रेकर्ड राखेकाे सुनकाे मूल्य मंगलबार प्रतिताेला १ हजार ७०० ले घटेको थियाे ।‌ आज भने ७०० ले बढेकाे हाे ।

यससँगै आज सुन २ लाख ५९ हजार ७०० मा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै आज चाँदीकाे मूल्य पनि बढेको छ । चाँदी आज प्रतिताेला १७० रुपैंयाँले बढेर ४ हजार ५५ रुपैंयाँमा काराेबार भइरहेकाे छ। याे मूल्य हालसम्मकै उच्च हाे ।

Gold

December 17, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको