रास्वपा केन्द्रीय समिति बैठक आज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज दिउँसो ३ बजे बस्दै छ।

पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको जानकारी प्रवक्ता मनिष झा ले दिएका छन्।

उनका अनुसार बैठक विशेषगरी साङ्गठनिक सुदृढीकरण, आगामी महाधिवेशनको तयारी तथा नीतिगत सुधारका विषयमा केन्द्रित हुनेछ।

बैठकको प्रारम्भमा पार्टीका हालसम्मका गतिविधिहरूको ब्रिफिङ प्रस्तुत गरिनेछ। त्यसपछि २० जना केन्द्रीय सदस्यलाई जनस्तरको रिपोर्टिङका लागि जनही २ मिनेटको समय उपलब्ध गराइने कार्यक्रम रहेको प्रवक्ता झाले बताएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको