कपिलवस्तुमा पेस्तोलसहित युवक पक्राउ

काठमाडौं । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन्।

प्रहरीका अनुसार बुद्धभूमि नगरपालिका–९ डुमराबाट ३४ वर्षीय सुरज कुँवर (श्याम कुँवर) लाई नियन्त्रणमा लिइएको हो। उनी बुद्धभूमि–९ इमिलियाका बासिन्दा हुन्।

पेस्तोल बोकेर हिँड्ने गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीले उनको कोठामा खानतलासी गर्दा पेस्तोल बरामद गरेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको