आज सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार तीन सय रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन सुनको मूल्य २ लाख ५८ हजार ४ सय रुपैयाँ थियो। यसअघि गत सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो।

यसैगरी चाँदीको भाउ भने आज बढेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक सय रुपैयाँ बढेर ४ हजार १०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। याे मूल्य हालसम्मकै उच्च हाे ।

Gold

December 21, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको