काठमाडौँ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १९.९२ अंकले घटेको छ । आज नेप्से घटेर २ हजार ५९५.१० बिन्दुमा पुगेको हो ।
नेप्सेमा कारोबार भएका मध्ये २०७ वटा कम्पनीको मूल्यमा गिरावट आएकाे छ । यस्तै ४३ वटा कम्पनीको मात्रै मूल्य बढेकाे छ । आज ७ वटा कम्पनीको भने मूल्य स्थिर रह्यो ।
आज नेप्सेमा ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार रुपैयाँको कारोबार भएकाे छ ।
आज ३४५ कम्पनीको एक करोड १२ लाख ९९ हजार ३३४ कित्ता शेयर ७० हजार ५७६ पटक खरिद बिक्री भनेको नेप्सेले जनाएको छ ।

December 21, 2025, Jyotishsanchar press

