काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि दोहोरो अंकले घटेको छ। सोमबार नेप्से १३.८८ अंकले घटेर २ हजार ५८१.२१ बिन्दुमा झरेको हो ।
आज नेप्सेमा २ सय वटा कम्पनीको मूल्यमा गिरावट आएकाे छ भने ५४ वटा कम्पनीको मूल्य बढेकाे छ । आज ५ वटा कम्पनीको मूल्य भने स्थिर छ।
साेमबार ३ अर्ब ५१ करोड ५९ लाख ३० हजारको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
आज एसवाई प्यानलका बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । मानुसी लघुवित्तका बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । आज व्यापार बाहेक सबै समूहको उपसूचक नकारात्मक बन्न पुगेको छ ।

December 22, 2025, Jyotishsanchar press

