एकै दिन ५ हजार ५०० ले बढ्याे सुनको मूल्य,

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेकाे छ । साेमबार तोलामा तीन हजार रुपैयाँले बढेको सुन आज ५ हजार ५०० ले बढेकाे हाे ।

आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यससँगै सुनको मूल्य आज प्रतितोला २ लाख ६७ हजार दुई सय रुपैयाँ पुगेको छ ।

यता आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी चार हजार २५५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साेमबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको हो । याे मूल्य हालसम्मकै उच्च हाे ।

Gold

December 23, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको