कांग्रेस संसदीय दलको निर्वाचन भोलि

काठमाडौँ । संसदीय दल नेता निर्वाचनको  नेपाली कांग्रेसको आज मतदाताको अन्तिम नामावली प्रकाशन गर्दै भोलि बिहान ११ बजेदेखि मध्याह्न १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने जनाएको छ ।

संसदीय दल नेता निर्वाचनका लागि गठित निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीका अनुसार सांसदहरूको छलफलपछि विधान पारित गरेर अनुमोदनका लागि पठाइसकिएको छ । उनले दल नेता चयनका लागि निर्वाचन कार्यतालिकाअनुसार प्रक्रिया अघि बढिरहेको जानकारी दिनुभयो।फागुन २१ को निर्वाचनमा  नेपाली कांग्रेसले ३८ सिट जितेको थियो ।

मनोनयन दर्ता पश्चात दिउँसो ४ बजेदेखि ५ बजे सम्म मतदान हुने र त्यसको केही समय पश्चात भोलि नै मतगणना गरिने स्रोतले जनाएको छ

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको