काठमाडौँ। नेपाली बजारमा मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ। आज सुन एकै दिन ७ हजार ९०० ले घटेकाे हाे ।
याे हप्ता आइतबार सुनको मूल्य १ हजार ३०० ले बढेको थियाे । साेमबार ६०० ले घट्याे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुन प्रतितोला २ लाख ६२ हजार १०० मा कारोबार भइरहेको छ। साेमबार २ लाख ७० हजार कायम थियाे ।
यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी ३०५ रुपैयाँले घटेको हो। यससँगै ४ हजार ५९० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

December 30, 2025, Jyotishsanchar press

