नेप्से परिसूचक १०.८७ अंकले बढ्याे

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार १०.८७ अंकले बढेको छ ।

नेप्से बढेर २६३३.७६ बिन्दुमा पुगेको हो । यससँगै आज ५ अर्ब १३ करोड ४८ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएकाे छ ।

आज कारोबार भएकामध्ये १६३ वटा कम्पनीको मूल्य वृद्धि भयो भने ८९ वटा कम्पनीको मूल्यमा गिरावट आयो । तर, आज ८ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

आज एसवाई प्यानल कम्पनीको शेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा कमाए । बिन नेपाल लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए ।

Share

December 31, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको