पेट्रोल र डिजेलकाे मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। बिहीबारदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

नयाँ मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा ४ रुपैंयाँ, डिजेल/मट्टितेल प्रतिलिटर ५ रुपैंयाँले घटाइएको छ।

त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैंयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटाइएको छ ।

एल. पी. ग्याँसको बिक्री मूल्य यथावत् राखिएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Nigam Oil

December 31, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको