म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
Cabinet Ezfgx7oqbn

सरकारले म्यानमारमा गत चैत १५ गते गएको भूकम्प प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले म्यानमार सरकारमार्फत भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरेको हो।

मित्रराष्ट्र म्यानमारमा गएको विकाशकारी भूकम्पका कारण व्यापक धनजनको क्षति भएको सन्दर्भमा सहयोग गर्ने निर्णय भएको छ’, बैठकपछि सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भने, ‘नेपाल सरकारको विभिन्न निकायसँग रहेका मौज्दात सामग्री एवम् निजी क्षेत्रबाट सहयोगस्वरुप प्राप्त हुने मेडिकल इक्युपमेन्ट, औषधि लगायतका राहत सामग्री म्यानमार सरकारलाई प्रदान गर्ने निर्णय भएको छ ।’ उक्त सामान नेपालबाट हवाइजहाजमार्फत ढुवानी गर्दा लाग्ने रकम अर्थले वायुसेवा निगमलाई निकासा गर्ने निर्णय पनि भएको छ ।

यसैगरी भूकम्पमा परी घाइते भएकाको उपचारका लागि नेपाली सेनाको चिकित्सक टोली सेनाकै जहाजमा त्यहाँ जाने निर्णय भएको पनि उनले बताए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको