तीनकुनेमा हत्या गरिएका एभिन्यूजकर्मी रजकको आज पोस्टमार्टम हुने
Suresh20rajak Ajy7cm0wp4 Q1xxbqpk5afmbp4hmthkb2pyhibtlbczivcp4njyibphyyb5lfsxteq4grlv Xmlsbevlru Y4pnqnbn7e6czq23984gtocumz8maezkd67xrsnhmkocg9ni09tjhuwv4pom

काठमाडौं । राजधानीको तीनकुनेमा जिउँदै जलाएर हत्या गरिएका एभिन्यूजकर्मी सुरेश रजकको शव पोस्टमार्टम आज हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जका फरेन्सिक विभागका चिकित्सकले पहिला एक्स रे गर्नुपर्ने अडान लिएपछि मंगलबार हुने भनिएको पोस्टमार्टम आज हुने भएको हो ।

तीनकुनेमा आगो लगाएर हत्या गरिएका पत्रकार रजकको शव पोस्टमार्टमका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंले मंगलबार पत्र पठाएको थियो । तर, चिकित्सकहरूको टोलीले रजकको मृत्यु गोली लागेर भएको हुन सक्ने भनी हल्ला चलेकाले एक्स रे गरेर मात्रै पोष्टमार्टम गर्ने भएका हुन् ।

यसअघि प्रहरीले भने गोली लागेको भनी चलाइएको हल्लाको प्रेस विज्ञप्ती मार्फत खण्डन गरेको थियो । ३३ वर्षीय रजकको शरीर ७० प्रतिशत भाग जलेको छ । रजकको परिवारका अनुसार चिकित्सकले बुधबार एक्स रे पोष्टमार्टम हुने जानकारी दिएको जनाएका छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको