तीन कुनेमा हत्या गरिएका एभिन्यूजकर्मी रजकको आज पोष्टमार्टम,१२ बजेपछि शवयात्रा
Suresh20rajak Ajy7cm0wp4 Q1xxbqpk5afmbp4hmthkb2pyhibtlbczivcp4njyibphyyb5lfsxteq4grlv Xmlsbevlru Y4pnqnbn7e6czq23984gtocumz8maezkd67xrsnhmkocg9ni09tjhuwv4pom

काठमाडौं । राजावादीको आन्दोलनमा तीनकुनेमा  जीउँदै जलाएर हत्या गरिएका एभिन्यूज खबरकर्मी सुरेश रजकको आज अन्त्यष्टि गरिने भएको छ ।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहेको  उनको शव परिवारले बुझेर  पोष्मार्टमको प्रक्रिया अघि बढेपछि आजै अन्त्यष्टि गर्न लागिएको हो । उनको अहिले १२ बजेपछि  अस्पतालबाट शवयात्रा सहित काठमाडौंको शोभा भगवतीमा अन्त्यष्टि गर्न  लागिएको हो ।

यही चैत १५ गते राजावादीको आन्दोलनका क्रममा दृश्य छायांकन गरिरहेका बेला तीन कुनेको एक घरमा आन्दोलनकारीले आगो लगाएपछि उनको जलेर निधन भएको थियो । एभिन्यूज खबर टेलिभिजन र परिवारले रजकलाई न्याय दिन शहीद घोषणा गरिनुपर्ने,उनको हत्याको निष्पक्ष छानबिन हुनुपर्ने र दोषीलाई कडा कारवाही गरिनु पर्ने माग सरकार समक्ष राखेको छ ।

सरकारले यी मागबारे सकारात्मक रहेको बताएपछि परिवारले शव बुझेका हुन् । रजकको ह्रत्याको चौतर्फी बिरोध भइरहेको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको