घट्यो सुन चाँदीको मूल्य
Gold
Gold

काठमाडौं । मङ्गलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको छ ।

पछिल्ला दिनमा लगातार बढेर कीर्तिमान कायम गरिरहेको सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले घटेको हो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले  घटेको छ ।

मङ्गलबार प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँ कायम भएको सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले घटेर  १ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला २ हजार २० रुपैयाँमा कारोबार भएरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार एक सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
रासस

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको