भाटभटेनीका सञ्चालक गुरुङद्वारा राजावादीले हत्या गरेका रजकको परिवारलाई ५ लाख आर्थिक सहयोगकोे घोषणा
Suresh20rajak Ajy7cm0wp4 Q1xxbqpk5afmbp4hmthkb2pyhibtlbczivcp4njyibphyyb5lfsxteq4grlv Xmlsbevlru Y4pnqnbn7e6czq23984gtocumz8maezkd67xrsnhmkocg9ni09tjhuwv4pom

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले यही चैत १५ गते तीन कुनेमा राजावादीबाट जीउँदै जलाएर हत्या गरिएका एभिन्यूजकर्मी सुरेश रजकको परिवारलाई ५ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

आज कोटेश्वरमा रहेको भाटभेटनी सुपरमार्केटमा आयोजित कर्मचारी सम्मान कार्यक्रममा उनले  यस्तो घोषणा गरेका हुन्।  त्यसैगरी सोही दिन प्रहरीको गोली लागेर मृत्यु भएका कीर्तिपुरका सबिन महर्जजको  परिवारलाई ३ लाख आर्थिक सहयोग दिने घोषणा गरेका छन् ।

कार्यक्रममा राजावादीको आन्दोलनका क्रममा चैत १५ गते नै कोटेश्वरको भाटभटेनीमा लुटपाट गर्न गएकाहरुलाई एक्लै प्रतिकार गरेका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई ५ लाख नगद सहित गुरुङले सम्मान गरेका थिए ।
पराजुलीले  लुटेराहरूलाई पिट्दै लखेटेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उनको योगदानका लागि आज भाटभटेनीले ५ लाख १ हजार १११ रुपैयाँ, एउटा फुली र पाँच ग्रेड बढुवासहित सम्मान गरेको हो ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको