तीनकुनेमा अपराधिक उद्देश्यले राजावादी समूहले कार्यक्रम गरेकाले गोली चलाउनु परेको प्रहरीको जिकिर
Police 37guawgm4m Ldbjmg3etwl2oasbstauobxjsnc1ddhmjyfsa9dkcxvirwyvylpp2t5erzwx 2ghgydumtv Nyfi9gnhvou7o8mxn4qvvirjwnjmpcfdamugnlpmff3ukyphrkmmdfetqtio

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समूहले अपराधिक उद्देश्यले चैत १५ गते कार्यक्रम गरेकाले गोली चलाउनु परेको जिकिर गरेको छ ।

प्रहरी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा विमानस्थल र संसद् भवन कब्जा गर्ने उद्देश्यसहित राजावादी समूहले आपराधीक समूह खटाएको जानकारीमा आएपछि गोली चलाउनु परेको प्रहरीले जनाएको हो ।

प्रदर्शनमा सहभागीहरुले सर्वसाधारणका घरमा आगजनी गरेको, सञ्चार गृह तथा विमानस्थलको इन्धन डिपोमा समेत आगजनी गर्ने तयारी गरेकाले न्यून बल प्रयोग गरेको प्रवक्ता दिनेश आचार्यले दाबी गरे ।

आपराधिक घटना नियन्त्रण गर्न ५८ राउण्ड गोली चलाइएको र त्यसमा २० जनाको घाइते भएको प्रहरीले जानकारी दिएको छ । आयोजनास्थल बाटै आयोजकले नेताको घर कब्जा र आक्रमणको घोषणा गरे अनुसार विमानस्थल, निजी घर र संसद् भवनसँगै भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने समूह नै परिचालित भएको प्रहरीको प्रारम्भिक निस्कर्ष छ ।

घटनामा संलग्नहरुमाथि आपराधिक कसुरमा कारबाही हुने प्रहरीले जनाएको छ । मुख्य आरोपी दुर्गा प्रसाईंको पनि खोजी भैरहेको प्रहरीको भनाइ छ । आक्रमणवाट तीनकुन, काटेश्वर र जडिबुटी क्षेत्रका ४० घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको