अन्तरिम आदेश नपाएपछि पत्रकार सम्मेलन गर्दै कुलमान

April 4, 2025, Jyotishsanchar press

आफूलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने सरकारी निर्णयविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि कुलमान घिसिङले आज शुक्रबार पत्रकार सम्मेलन गर्दै छन्। अदालतले प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नै निरन्तरताको आदेश दिएको भोलिपल्ट चैत २२ गते घिसिङले पत्रकार सम्मेलन गर्न लागेका हुन्। 

उनका अनुसार पत्रकार सम्मेलन दिउँसो १ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा हुनेछ।सहभागिताका लागि उनले सञ्चारकर्मीलाई अनुरोध गरेका छन्। 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको