मलाई हटाउँदा कतिपयले सफलता ठानेका होलान्, म बिदा मात्रै भएको हुँ: कुलमान
Bimstek 5 I0jms8dqiv

April 4, 2025,

नेपाल विद्युत प्राधिकरणको पूर्वकार्यकारी निर्देशकबाट कुलमान घिसिङले आफूलाई हटाउँदा केही व्यक्तिले सफलता भएको ठानेको टिप्पणी गरेका छन्। आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै घिसिङले आफू बिदामात्रै भएको बताएका हुन्। 

‘सरकारको निर्णयले २०७८ साउन २५ गते नियुक्त भएपछि कार्यकारी निर्देशकको रुपमा दोस्रोपटक नेविप्रामा सेवा गर्ने अवसर पाएँ,’ उनले भने, ‘कानुनअनुसार सेवा गर्न पाएकोमा गौरव भएको छ। ०८१ चैत १४ गते हटाइँदै गर्दा मकवानपुरको चेपाङ वस्तीमा काममै थिएँ। कतिपय व्यक्ति, समूह वा शक्तिले मलाई हटाउनुलाई सफल ठानेका होलान्। कार्यकारी निर्देशकबाट मात्र बिदा भएको हुँ, जिम्मेवार नागरिकको अभिभारा मबाट कहिल्यै कम हुनेछैन।’

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको