ट्रम्पलाई चीनको जवाफ: अमेरिकी सामानमा ३४ प्रतिशत भन्सार
Trump Xi Tuc0jc0ljp

April 5, 2025, Jyotishsanchar press

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करको जवाफमा चीनले पनि अमेरिकी सामानमा ३४ प्रतिशत कर लगाउने निर्णय गरेको छ।

ट्रम्पले यसै हप्ता चीनका सामानमा थप ३४ प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेका छन्। यसअघि पदभार ग्रहण गर्नेबित्तिकै चीनका सामानमा  २० प्रतिशत भन्सार लगाइसकेका थिए।

अर्थात् अब चीनबाट अमेरिका आयात हुने सामानमा कूल ५४ प्रतिशत भन्सार शुल्क लगाइएको छ।

चीनको अर्थ मन्त्रालयले भन्यो, ‘अमेरिकाले लगाएको कर पूर्णतया अनुचित छ र अन्तर्राष्ट्रिय व्यापारको नियमभित्र पर्दैन।’

चीनको यो कदमप्रति प्रतिक्रिया जनाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ अकाउन्टमा लेखेका छन्, ‘चीनले गलत कदम चाल्यो। उनीहरू धेरै छिटो आत्तिए। उनीहरूले जे गरे त्यो गर्न हुँदैनथ्यो।’

यसअघि चीनले वृद्धि गरिएको भन्सार महसुल तत्काल फिर्ता लिन अमेरिकालाई आग्रह गर्दै अन्यथा कडा कदम चालिने बताएको थियो। 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको