बालेन र भुपदेवविरुद्ध अख्तियारमा उजुरी: ३५ एम्बुलेन्स खरिदमा भ्रष्टाचार गरेको आरोप
488863947 122120315816742651 7641262007486764521 N

April 6, 2025, Jyotishsanchar press

काठमाडौं, चैत २४– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उनका स्वकीय सचिव भुपदेव साहसहित अन्य कर्मचारीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। उनीहरूलाई ३५ वटा एम्बुलेन्स खरिद प्रक्रियामा भ्रष्टाचार गरेको आरोप लगाइएको छ।

सी–०४०५६९ दर्ता नम्बरमा दर्ता गरिएको उक्त उजुरीमा उल्लेख छ कि बालेनको निर्देशनमा भुपदेव साहको नेतृत्वमा पश्चिम नेपालका पालिकाहरूलाई एम्बुलेन्स वितरण गर्ने योजना ल्याइएको थियो। उजुरीकर्ताको दाबीअनुसार, सो योजनाअनुसार खरिद गरिएका एम्बुलेन्सहरूका लागि बनाइएको स्पेसिफिकेशन तथा लागत अनुमानको चरणमै भ्रष्टाचारको नियत देखिएको छ।

उजुरीमा बालेन शाह, भुपदेव साह र खरिद प्रक्रियामा संलग्न अन्य कर्मचारीहरूलाई कारबाहीको माग गरिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको