२ दिनमा ५८ सय घटेको सुनको मूल्यमा आज पनि गिरावट
Gold 2 3

April 7, 2025, Jyotishsanchar press

दुई दिनमा पाँच हजार आठसय रुपैयाँ घटेको सुनको मूल्य आज पनि घटेको छ।

सुनको मूल्य आज तोलामा सातसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनकाे मूल्य शुक्रबार तोलामा तीन हजार नौसय र आइतबार एक हजार नौसय रुपैयाँ घटेको थियो।

सुनको मूल्य आज प्रतितोला एक लाख ७३ हजार आठसय रुपैयाँमा झरेको छ। हिजो सुनको मूल्य एक लाख ७४ हजार पाँचसय रुपैयाँ थियो।

गएको बिहीबार सुनको मूल्य एक लाख ८० हजार तीनसय रुपैयाँ पुगेको थियो। यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।

आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ३० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि बढेको हो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको