तोलामा २ हजारले बढ्यो सुनको मूल्य
Gold 2 3

April 9, 2025, Jyotishsanchar press

काठमाडौं । कारोबार हुने साताको चौर्थौ दिन बुधबार नेपाली बाजारमा सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य २ हजार रुपैयाँले बढेको हो ।

बुधबार सुनको प्रतितोला मूल्य १ लाख ७५ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको महासंघकले जनाएको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदी प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको