१२५ प्रतिशतबढी भन्सार लगाएपछि चीनसँग कुराकानी गर्ने ट्रम्पको उद्घोष
Xi Trump Dyudmrqgjm

April 10, 2025, Jyotishsanchar press

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चीनफिङसँग कुराकानीका लागि तयार रहेको बताएका छन् । कारण, उनले चीनमाथि १२५ प्रतिशत भन्दा बढीको भन्सार दर (ट्यारिफ) लगाइदिएका छन् । ह्वाइट हाउसमा आयोजित कार्यक्रममा ट्रम्पले चीन तथा अन्य कुनै दोस्रो मुलुकसँग ‘निष्पक्ष सम्झौता’ गरिने बताए ।

ट्रम्पले उच्च भन्सार दरको कार्यान्वयनमाथि ९० दिनको रोक लगाउने घोषणा समेत गरेका छन् । यसको अर्थ अधिकांश मुलुकलाई ‘सार्वभौमिक १० प्रतिशत’ शुल्क लागू हुनेछ ।

ट्यारिफमा छुटको खबरपछि उथल–पुथलको सामना गरेको वित्तीय बजारमा उछाल आएको छ । र, विश्लेषकहरुले अमेरिका अधिकांश देशसँग राम्रो व्यवहार गर्न थालेको बताएका छन् । एन्थनी जुर्चरले ‘अन्य मुलुकसँग राम्रो व्यवहार गरे पनि चीनसँग व्यापार युद्ध थप बढ्ने खतरा रहेको’ धारणा राखेका छन् ।

अमेरिकाको छिमेकी क्यानाडा र मेक्सिकोले अझै पनि ट्यारिफको सामना गर्नु पर्ने छ, जुन अमेरिकाले अघिल्लो महिना लागू गरेको थियो ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको