विदेशमा रहेका नेपालीले राष्ट्रिय परिचयपत्र नभए पनि अनलाइनमार्फत बैंक खाता खोल्न सक्ने
Nrb Pcqkkoho3m

April 10, 2025, Jyotishsanchar press

विदेशमा रहेका नेपाली नागरिकले विदेशमै बसेर अनलाइनमार्फत राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरबाहेकका अरु आवश्यक कागजात लिएर खाता खोल्न सक्ने भएका छन् ।

राष्ट्र बैंकले जारी गरेको परिपत्रमा यसरी खोलिने खाताका सम्बन्धमा खातावाला व्यक्ति नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित इजाजतपत्र प्राप्त संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिइ अद्यावधिक गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, असक्त, असहाय नागरिकले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अरु आवश्यक कागजात संलग्न गरेर समेत बैंक खाता खोल्न र कारोबार गर्न सक्नेछन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको